देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि,४४ जना संक्रमणमुक्त

काठमाडौं । देशभर थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३४२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

मन्त्रालयका अनुसार २ हजार २६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ जना र १ हजार ८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १ जनामा संक्रमण देखिएको हो ।

 

 

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७९२ पुगेको छ । हाल नेपालमा ४ सय ७९ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा ४४ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु

 

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार २०४ पुगेको छ ।

 

 

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३४२ जनाको परीक्षण हुँदा हालसम्म कुल ६७ लाख ३६ हजार ०५१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

 

 

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।