प्रसिद्ध प्रबल जनसेवा श्रीबाट महान्यायाधिवक्ता खम्म बहादुर खाती सम्मानित

काठमाडौं। नयाँ वर्ष २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रसिद्ध प्रबल जनसेवा श्रीबाट नेपाल सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता माननीय खम्म बहादुर खातीलाइ विभूषित गर्नु भएको छ।

 

 

 

राष्ट्रपति भवन शीलतनिवासमा एक समारोहका बीच प्रसिद्ध प्रबल जनसेवा श्री विभूषणबाट महान्यायाधिवक्ता माननीय खम्म बहादुर खाती सम्मानित हुनुभएको हो ।

 

 

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम विभूषण प्रदान गरिँदै आएको छ।