सत्ता गठबन्धनबीच सहमति कांग्रेसले छाड्यो नेकपा (एस) लाई पोखरा महानगर

काठमाडौं । सत्ता गठबन्धनको बैठकले पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको छ ।
सोमबारको बैठकमा पोखरा महानगरमा दावीबाट पछि नहटेको नेपाली कांग्रेसले मंगलबार नेकपा ९एस०लाई छाडिदिएको हो ।
मंगलबार प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धनको बैठकले महानगर र उपमहानगरमा भागबण्डामा सहमति जुटाउन बैठक बोलाएको थियो ।
गठबन्धनको शीर्षस्थ नेताहरुबीच बैठकअघि गण्डकी प्रदेशबाट आएका कांग्रेस नेताहरूसँग प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए ।
सभापति देउवाले कांग्रेस नेताहरुसँगको छलफल गरेपछि पोखरा नेकपा ९एस० लाई नै छाड्ने सहमति जुटेको थियो ।
बालुवाटारमा अहिले महानगर र उपमहानगरमा के कसरी तालमेल गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा बैठक जारी रहेको बताइएको छ ।