एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्षसहित ४ जनाद्वारा पार्टी परित्याग (विज्ञप्तिसहित)

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका मकवानपुर अध्यक्ष श्रीधरकुमार पोखरेलले पार्टी परित्याग गर्नुभएको छ ।

 

 

स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पोखरेलले पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

 

 

उहाँसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

 

 

मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित संगठन निर्माणको काममा लागेकाहरूलाई बाइपास गरेको भन्दै पोखरेलले पार्टी परित्याग गरेको बताउनुभयो ।

 

 

पोखरेल र डीसी नेकपा एमाले विभाजनपश्चात् नेकपा (एस)मा आवद्ध हुनुभएको थियो ।