देशभर थप २६ जनामा कोरोना संक्रमण, १११ जना सक्रिय संक्रमित

काठमाडौं । देशभर थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५२८ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ७७ जनाको एन्टीजेन परीक्षणमा ७ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

पछिल्लो २४ घण्टामा कोरोनाबाट ०९ जना निको भएका छन् भने हाल देशभर १११ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

जसमध्‍ये ११० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा उपचाररत् छन् ।

 

 

 

 

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४३१पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।