बागती प्रदेशका मुख्यमन्त्री र काठमाडौं महानगरका प्रमुख बालेन साहबीच भेटवार्ता

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले भेट गरेका छन्।

 

 

 

आइतबार बिहान शाहले स्वयम्भूस्थित मुख्यमन्त्रीकै निवसमा पुगेर भेट गरेका हुन् ।

 

 

 

भेटवार्ताका क्रममा मेयर साहले मुख्यमन्त्रीसँग काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

 

 

 

उता मुख्यमन्त्रीले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

 

 

मुख्यमन्त्री पाण्डेले फोहोर व्यवस्थापनमा दीर्घकालीन र अल्पकालीन गरि दुई तरिका अपनाएर अघि बढ्न सुझाव दिएको बताइएको छ ।