मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा यार्सा संकलकबाट २५ लाख राजस्व संकलन

काठमाडौं।मुगु जिल्लाको मुगम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलकबाट २५ लाख राजश्व संकलन भएको छ ।

 

 

 

गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रतिव्यक्ति २ हजार र जिल्ला बाहिरबाट आएकालाई प्रतिव्यक्ति २५०० का दरले राजस्व उठाउने गरिएको छ ।

 

 

मुगुको सिरानचौरमा यार्सा संकलनकर्ताबाट २५ लाख राजश्व असुली भएको र अझै राजस्व उठाउने टोलीले पाटन क्षेत्रमै पुगेर यार्सा टिप्ने व्यक्तिबाट राजस्व संकलन गरिरहेको गाउँपालिकाका लेखा अधिकृत जनराज शाहीले बताए ।

 

 

 

 

अवैध बाटो प्रयोग गरेर यार्सा संकलक पाटन क्षेत्रमा पहिले नै प्रवेश गरिसकेको हुँदा यो पटक राजस्व संकलन कम हुने अनुमान गरिएको उनको भनाइ छ ।

 

 

 

 

लेखा अधिकृत शाहीले विगतका वर्षहरूमा कम्तिमा ५ देखि ६ हजार यार्सा संकलकबाट राजस्व संकलन हुने गरेकोमा यो पटक स्थानीय तह निर्वाचनले गर्दा यार्सा टिप्ने व्यक्ति कम भएको बताए ।

 

 

 

 

मुगुम कार्मारोङ गाउपालिका-२ मा पर्ने विभिन्न यार्सागुम्बा पाउने पाटनमा क्षेत्रमा सुरक्षाकर्मीसहित राजस्व संकलन गर्ने टोली खटाइएको छ ।

 

 

 

 

कोरोना महामारीका कारण विगत तीन वर्षदेखि मुगुम कार्मारोङ गाउँपालिकाले यार्साको राजस्व संकलन गर्न पाएको थिएन ।

 

 

 

 

यार्सागुम्बा संकलकको लागि यही जेठ १५ गतेदेखि पाटन क्षेत्र खुल्ला गरिएको थियो ।