फेडोले दियो दलित महिला सदस्यहरुलाई बधाई तथा शभकामना

काठमाडौं । दलित महिला संघ (फेडो)ले नवनिर्वाचित जनप्रतिनिधि महिला सदस्यहरुलाई बधाई, शुभकामना तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

 

आइतबार सो कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहहरुमा निर्वाचित दलित महिला सदस्यहरुलाई शुभकामना दिँदै आगामी दिनहरुमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका लगायत विभिन्न स्थानीय तहहरुमा निर्वाचित दलित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

यस्तै कार्यक्रममा विभिन्न स्थानीय तहमा दोहोरिएका जनप्रतिनिधिले आफ्ना अनुभव साटेका थिए । कतिपय स्थानीय तहहरुमा दलितहरुलाई अझै पनि भेदभावपूर्ण तरिकाले हेर्ने गरिएकाले त्यसको सशक्त विरोध गर्नुपर्ने उनीहरुको माग थियो ।