सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाहीः राष्ट्रिय सूचना आयोग

काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाही गरिएको बताउनुभएको छ ।

 

 

 

राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख आयुक्त गुरुङले सो कुराको जानकारी दिनुभएको हो ।

 

 

 

 

उहाँले कार्यालयको सूचना नदिने सूचना अधिकारीलाई नभई कार्यालयको जिम्मेवार व्यक्ति भनेको कार्यालय प्रमुख भएकाले कार्यालय प्रमुखलाई नै आयोगले कारवाही अगाडी बढाउने गरेको स्पष्टीकरण दिनुभयो ।

 

 

 

 

कारबाही गरिएका कार्यालय प्रमुखको बढुवा नगर्न र सार्वजनिक पदमा पुनः नियुक्ति नगर्न पनि सम्बन्धित कार्यालयमा लेखी पठाइएको उहाँले सुनाउनुभयो ।

 

 

 

सूचनाको हकका विज्ञ अभियन्ता एवं नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले सूचना नमागेसम्म सूचनाको हकको अभियान अगाडी बढ्न नसक्ने भन्दै सूचना माग्न सबैलाई आग्रह गर्नुभयो ।