देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि,१२० जना सक्रिय संक्रमित

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८६२ जनाको पीसीआर परीक्षणमा २० जना र २ हजार ५२ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १२० जना सक्रिय संक्रमित रहेका छन् ।

 

जसमध्‍ये ११७ जना होम आइसोलेसनमा रहेका छन् ।

 

 

 

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७६७ पुगेको छ ।

 

 

 

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३१० जना संक्रमणमुक्त भएका छन् ।