देशभर थप २९ जनामा कोरोना संक्रमण

काठमाडौं ।देशभर पछिललो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७३० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

 

मन्त्रालयका अनुसार १ हजार ७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २१ जना र ६ सय ५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो ।

 

 

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९६५ पुगेको छ ।

 

 

 

 

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जना संक्रमितहरु निको भएका छन् ।

 

 

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ३८९ पुगेको छ ।

 

 

 

हाल नेपालमा १ सय ९२ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।