माओवादी केन्द्रको बैठक आज पनि बस्दै, पदाधिकारी घोषणा गर्ने प्रचण्डको तयारी

फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

 

 

बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने बताइएको छ ।

 

 

 

माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको मंगलबार बसेको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

 

 

 

त्यसैले प्रचण्डले ल्याउने प्रस्तावमाथि छलफल नगरी सोझै पारित हुने सम्भावना रहेको माओवादी स्रोत बताउँएको छ ।

 

 

 

मंगलबारका लागि डाकिएको केन्द्रीय कमिटिको बैठक बुधबारसम्म स्थगित गरेर मंगलबार प्रचण्ड निवास खुमलटारमा पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठक बसको थियो ।

 

 

 

 

माओवादीमा १५ सदस्यीय पदाधिकारीको व्यवस्था भएपनि आकांक्षी धेरै हुँदा पद तथा जिम्मेवारी बाँडफाट हुन सकेको छैन ।

 

 

 

पार्टी महासचिवको लागि जनार्दन शर्मा र वर्षमान पुनबीच टक्कर रहेको बुझिएको छ ।