बाजुराको बुढीगंगा नगरपालिकामा भोली (बिहिवार) पुन: मतदान हुँदै,सुरक्षा व्यवस्था कडा

काठमाडौं। बाजुरा जिल्लाको बुढीगंगा नगरपलिकामा बिहीबार पुन: मतदान हुने भएको छ। निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

 

 

 

 

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको जानकारी दिए ।

 

 

 

 निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा प्रक्रिया अघि बढाएकाे स्थानीय प्रशासनले जनाएकाे छ। 

 

 

 

 ‘सबै मतदानस्थल र मतदान केन्द्रमा नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेका गरिएकाे छ।  

 

 

 

  १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) को नेतृत्वको टोली खटाइएको छ।

 

 

 

  निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीहरू मतदान केन्द्रहरूमा पुगिसकेको स्थानीय प्रशासनले जनाएकाे छ।

 

 

 

  निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजेदेखि मतदान हुने छ ।

 

 

 

मंगलबार सबै मतदानस्थलको निरीक्षण प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले गरेका छन् भने बुधबार पनि मुख्य निर्वाचन अधिकृतसहितको टोलीले निरीक्षण गर्ने कार्यक्रम रहेको उनले जनाए ।

 

 

 

 

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो ।

 

 

 

 

निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो । पछि सर्बदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो ।बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।