सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कति

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य एक हजार ६०० रुपैयाँल घटेको छ ।

 

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

 

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

 

 

 

यता, बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २०५ रुपैयाँ कायम रहेको थियो ।