बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सम्पन्न,रातिदेखि गणना सुरू हुने

सांकेतिक तस्वीर

काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनाव अन्तर्गत आज मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान भएको थियाे।

 

मतदान सकिएपछि मतपेटिका संकलन कार्य सुरू गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

 

 

‘केही सानातिना घटनाबाहेक निर्वाचन शान्तिपूर्ण भयो,’ उनले भने, ‘मतपेटिका संकलन गरेर आजै मतगणना गर्ने तयारी छ।

 

 

मतपेटिका संकलन गरेपछि सर्वदलीय बैठक बस्ने र मतगणना सुरू हुनेछ।

 

 

गत वैशाख ३० मा यहाँ स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले पुनस् निर्वाचन गर्ने निर्णय गरेको थियो।

 

 

 

कांग्रेसबाट बुढीगंगाको मेयरमा रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ तथा उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।