गोपनीयता भंग गरिएको बजेट खारेज गरी नयाँ बजेट पेश गर्न र परराष्ट्रमन्त्रीलाई कारवाही गर्न सांसद प्रेम सुवालको माग

काठमाडौ नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गरेका छन् ।

 

 

बिहीबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएको सो बजेट खारेज गरी नयाँ ल्याउन जरुरी रहेको बताएका हुन् ।

 

 

 

त्यस्तै सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषदको निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई कारबाही गर्न पनि माग गरे ।

 

 

 

मन्त्रिपरिषदले एसपीपी खारेज गर्ने निर्णय गरेकोलाई अध्ययन हुँदैछ भनि पत्राचार नगर्ने परराष्ट्रमन्त्रीमाथि कारबाही किन हुँदैन?

 

 

 

गोपनीयता भंग गरेका अर्थमन्त्रीको राजीनामा भइसकेको हुँदा पारित गरिएको भनिएको बजेट खारेज गरी नयाँ बजेट पेश गर्न जरुरी रहेकाे सांसद सुवालको भनाइ छ ।