बाजुराको बूढीगंगा नगरपालिकामा कडा सुरक्षाका साथ मत गणना सुरु

काठमाडौं। बाजुराको बूढीगंगा नगरपालिकामा शुक्रबार सम्पन्न भएको निर्वाचनको मतगणना शुक्रबार मध्यान्ह १२ बजेदेखि सुरु भएको छ।

 

 

मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए।

 

 

मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था गरिएको उनले जानकारी दिए। मतगणना वडा नम्बर १ र १० बाट सुरु गरिएको छ।

 

 

झण्डै १३ हजार मतदाता रहेको बूढीगंगामा ९ हजार १२८ मत खसेको छ। बूढीगंगाको मेयरमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन्।