राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुइ युवालाई सात वर्ष कैद र दुई लाख जरिवाना

काठमाडौं। जिल्ला अदालत, सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना तोकेको छ।

 

 

जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो।

 

 

साथै अदालतले यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको छ।

 

 

चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरले यौन दुर्व्यवहार गरेका हुन्। उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ।

 

 

बिहीबार न्यायाधीश आचार्यले यस्तो फैसला गरेका हुन्। यसैगरी, होटल सञ्चालक मनबहादुर पुनले ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्नेछ।

 

 

जिल्लाको गुर्भाकोट नगरपालिका-९ बोटेचौरको शुभकामना होटलमा २०७८ जेठ २१ गते राति राउटे युवतीमाथि यौन हिंसा भएको थियो।

 

 

राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। प्रहरीले जेठ २३ गते उनीहरूलाई प्रक्राउ गरेको थियो ।