तीन देशका राजदूत नियुक्त

काठमाडौ.।राष्ट्रपति विद्यादेवी भण्डारिले तीन देशमा राजदूत नियुक्त गरेकी छन् । शुक्रबार राष्ट्रपतिको कार्यालयले तीन देशमा राजदूत नियुक्त भएको जानकारी दिएको हो ।

 

 

 

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याल, नवराज सुवेदी र वासुदेव मिश्र राजदूतमा नियुक्त भएका हुन् ।

 

 

 

अर्याललाई ओमन, सुवेदीलाई साउदी अरेबिया र मिश्रलाई श्रीलंकाको लागि नेपाली राजदूतमा नियुक्त गरिएको आचार्यले जानकारी दिए ।