रोल्पामा इञ्जिनियर ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं। रोल्पामा एक जना ईञ्जिनियर ५० हजार घुस रकमसहित पक्राउ परेका छन्।

 

 

गंगादेव गाउँपालिकाको कार्यालयका इन्जिनियर नवीन डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस रकम बुझ्ने क्रममा अख्तियारको टोलीले पक्राउ गरेको हो।

 

 

घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट टोली खटेको थियो।

 

 

 

घुस रकमसहित गंगादेव गाउँपालिका, वडा नं‍ २, स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।