बाजुराको बूढीगंगा नगरपालिकामा १ हजार मत गन्दा एमालेको अग्रता

काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिकामा १ हजार मत गन्दा नेकपा एमालेलाइ मेयरमा ८५ मतको अग्रता लिएको छ ।

 

 

नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँले ५२० मत ल्याउँदा नेपाली कांग्रेसका रंगबहादुर खातीले ४३५ मत पाएका छन् ।

 

 

उपप्रमुखमा पनि एमालेकै माया कुँवरले अग्रता लिएकी छन् । उनले ५१५ मत पाउदा कांग्रेसकी रिता शाहीले ४३५ मत पाएकी छन् ।

 

 

 

सुरुमा वडा नं.१ र १० को मतगणना चलिरहेको हो । बूढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्द गरी बिहीबार फेरि मतदान गरिएको हो।