पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

फाइल तस्वीर

काठमाडौँ । माओवादी केन्द्रको स्थायी सिमिति बैठक सुरू भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहानै सुरू भएको बैठकमा पदाधिकारी चयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

 

 

गत आइतबारदेखि बिहीबारसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समिति टुंगो लगाएको थियो ।

 

 

 

लगाइपछि आजै स्थायी समितिको पहिलो बैठक बसेको हो । तर अझै पनि पदाधिकारी चयन गर्न सकेको छैन ।

 

 

 

आजको बैठकले भर्खरै सम्पन्न केन्द्रीय सिमिति बैठकको समीक्षा गर्ने जनाइएको छ ।

 

 

साथै पोलिष्टब्युरो चयनका क्रममा देखिएका असन्तुष्टिबारे पनि बैठकमा छलफल हुने र पदाधिकारीको टुंगो लगाउनेबारे समेत ठोस छलफल हुने बताइएको छ ।