बाजुराको बुढीगंगामा एमालेको फराकिलो अग्रता

काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

 

 

अहिलेसम्म ३४४० भोट गनेर सकिँदा मेयरमा एमालेका रामबहादुर बानियाँले २०४५ मत पाएका छन् ।

 

 

 

नेपाली कांग्रेसका रंगबहादुर खातीको खातामा ११८८ मत मात्रै परेको छ ।

 

 

 

उपमेयरमा पनि एमालेकी मायाकुमारी खड्का १९९१ मतका साथ अग्रता लिइरहेकी छन् । नेपाली कांग्रेसकी रिता शाहीले १२२२ मत पाएकी छन् । गणना जारी रहेकाे छ ।