नेपालमा पनि आज आबेको निधनप्रति राष्ट्रिय शोक, कुनै औपचारिक कार्यक्रम नहुने

 काठमाडौं। नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको सम्मानमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।

 

 

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबारलाई राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको थियो ।

 

 

बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना पनि गरेको छ ।

 

 

 

नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

 

 

 

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ ।