माओवादी केन्द्रले बनायो अन्तर्घातीलाई कारबाही गर्न छानबिन समिति

फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रले ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न छानबिन समिति बनाएको छ ।

 

 

 

आज बिहान पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले तीन सदस्यीय अन्तर्घात छानबिन समिति बनाएको हो ।

 

 

 

 

तीन सदस्यीय समितिको संयोजक अनुशासन आयोगका अध्यक्षसमेत रहेका टंक राई छन् भने मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य छन् ।

 

 

 

हालै बसेको केन्द्रीय समिति बैठकमा नेताहरूले अन्तर्घात भएको गुनासो गरेका थिए ।