देशभर थप १०२ जनामा कोरोना संक्रमण पुष्टि,६०५संक्रिय संक्रमित

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

 

यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।

 

 

 

१५३९ पीसीआर परीक्षणमा ७२ र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जना गरी १०२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।