प्रधानमन्त्री र सिपिसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

प्रधानमन्त्रीसँगको भेटवार्तापछि लिउ बालुवाटारबाट बाहिरिइसकेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

 

 

 

 

आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल भ्रमणामा आएका हुन्। प्रधानमन्त्रीलाई भेटेपछि उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ।

 

 

 

 

लिउले सोमबारबाट राजनीति भेटवार्तालाई तीव्रता दिनेछन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने तय भएको छ।

 

 

उनी चार दिने भ्रमणको लागि नेपाल आएका हुन्।