कालिकोटमा एक घर भत्किदा ४ जना घाईते,अन्यको खोजि कार्य जारी

कालिकोट । जिल्लाको सदरमुकाम मान्मामा एक घर भत्किएको छ । खाँडाचक्र नगरपालिका वडा नं १ को पुरानो बसपार्क स्थित लक्ष्मि पाण्डेको तिनतले घर आइतबार दिउसो ५:२० बजे भत्किएको हो । 

 

 

 

सदरमुकाम मान्मा स्थित पुरानो वसपार्क नजिकै रहेको एउटा घर नजिकै सडक भासिने अवस्थामा रहेको र सडक भासिने डरले घर जोखिम भएपछी घरभित्रको सामानहरु ओसार पसार गर्ने क्रममा एक्कासी घर भत्किएपछी ४ जना घाइते भएका हुन् ।

 

 

 

घाइते हुनेहरुमा खाँडाचक्र नगरपालिका वडा नं १ निवासी ६० वर्षिया मिमकोसा दमाई, सोही नगरपालिका वडा नंं २ निवासी शिवकला दमाई, नरहरिनाथ गाउँपालिका वडा नं १ का महेन्द्र बिष्ट सोही गाउँपालिका वडा नं ५ की गोरिकला सहकारी र खाँडाचक्र नगरपालिका वडा नं ४ कि देउरुपा चौलागाँई घाईते भएका हुन् ।

 

 

 

घाईतेलाई जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ । घरभित्र रहेको धनजनको क्षति के कति भयो भन्ने अझै एकिन नभईसकेको र उद्धार कार्य जारी रहेको बताइएको छ ।

 

 

 

उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, प्रमुख जिल्ला अधिकारी र स्थानीय नागरिकहरुद्धारा उद्दार कार्य जारी रहेको नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले जानकारी दिनुभएको छ ।