गाँउपालिकाका करार कर्मचारीको जागिर गयो

काठमाडौं। कालिकोटको शुभकालिका गाँउपालिकामा कार्यरत करार कर्मचारीको साउन १ गतेदेखि करार सम्झैता नवीकरण नहुने भएको छ।

 

 

असार २४ मा गाउँपालिकाद्वारा जारी सूचनामा आर्थिक वर्ष २०७९र०८० को साउन १ गतेदेखि लागू हुनेगरी करार अवधि नथप्ने निणर्य भएको जनाइएको छ ।

 

 

 

अर्को निणर्य नभएसम्मका लागि करारमा काम गरिरहेका वडा कार्यलय, अस्पताल तथा विद्यालयमा हाजिर भएर कामकाज नगर्न भनिएको छ।

 

 

 

गाँउपालिकाको उक्त निर्णयविपरीत कर्मचारीले कार्य गरे स्वयम जिम्मेवारी हुनुपर्ने समेत भनिएका छ ।

 

 

म्याद थपका विषयमा पालिका उपाध्यक्ष धर्मकला शाहीले करार कर्मचारीका नाममा करोडौं रकम गएको तर, प्रतिफल भने नदेखिएकाले प्रतिस्पर्धाबाट कर्मचारी ल्याउन खोजिएको बताइन् ।

 

 

 

पालिकाभर कार्यरत करार कर्मचारीको एकिन तथ्यांक नभएको भन्दै सोमबार मात्रै तथ्यांक दिन सक्ने उल्लेख गरिन् ।

 

 

 

म्याद थप नुहने भएपछि रिक्त रहने पदका लागि पालिकाको कर्मचारी छनोट कार्यविधिअनुसार छिट्टै प्रतिस्पर्धाबाट कर्मचारी छनोट गर्न विज्ञापन गरिने शाहीको भनाइ छ ।

 

 

 

शक्तिको आडमा कार्यकर्ता भर्ना गर्न म्याद नथप्ने निणर्य गर्नु भन्ने आरोप छन नि रु भन्ने शिलापत्रको प्रश्नमा शाहीले भनिन्, ‘तपाईंले भनेको कुरा एकदम गलत हो । हामी भर्खरै मात्र निर्वाचित भएर आएका छौं, कर्मचारीको तथ्यांक पनि हामीसँग छैन ।

 

 

 

 

उनले राजनीतिक रंग दल्न खोज्नेहरूको आरोपमा कुनै सत्यता नभएको दाबी गर्दै लगानीअनुसार प्रतिफल आउनु पर्छ भन्ने मान्यताअनुसार यो निर्णय गरिएको जिकिर गरिन् ।