आज दिउँसो यी दुई प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना,सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

 

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ ।

 

 

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

 

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बाग्मती तथा कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

 

 

 

त्यस्तै आज राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

 

यस्तो छ आगामी २४ घण्टामा महाशाखाले दिएको चेतावनी तथा परामर्श

 

 

देशको पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र सुदुरपश्चिम, लुम्बिनी, कर्णाली तथा बाग्मती प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

 

 

 

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।