आईजीपीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं। प्रहरीको महानिरीक्षक (आईजीपी) सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ।सर्वोच्च अदालतमा दायर भएको रिटको बहस सकिए आजै फैसला आउन सक्नेछ।

 

 

 

आज जवाफी बहस सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला सुनाउने छ।

 

 

 

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।