उपसभामुखमा कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित

काठमाडौं । उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् ।

 

 

शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सांसद भुसालले १४८ मत पाइन् ।

 

 

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।

 

 

अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् ।