देशभर थप २२९ जनामा कोरोना संक्रमणको पुष्टि,१,२८४ जना सक्रिय संक्रमित

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७१८ नमुना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ ।

 

 

 

जसमध्‍ये १ हजार ६४४ जनाको पीसीआर परीक्षण गर्दा १६१ जना र २ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ६८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

 

 

 

 

जसमध्‍ये १ हजार २४९ जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् ।

 

 

 

 

यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ९९६ पुगेको छ ।