स्थानीय तहको लुट विद्यालय बन्द भएका वेला दिवा खाजाका नाममा ५८ करोड ९७ लाख भन्दा बढी रकम निकासा

काठमाडौं। स्थानीय तहले कारोना संक्रमणका कारण विद्यालय बन्द भएका वेला पनि दिवा खाजाको नाममा ठूलो रकम निकासा गरी खर्च गरेको पाइएको छ।

 

 

 

महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनअनुसार ०७८ मा १ सय ९२ स्थानीय तहले दिवा खाजाको नाममा ५८ करोड ९७ लाख ९४ हजार खर्च गरेको उल्लेख छ।

 

 

 

ती स्थानीय तहले कोभिड लगायत विभिन्न कारणले विद्यालय बन्द भएका वेला पनि विद्यार्थीको प्रमाणित हाजिरी अभिलेख बेगर खर्च गरेको हो।

 

 

 

विद्यार्थी हाजिर प्रमाणित अभिलेख लिई उक्त खर्चको यथार्थ यकिन गर्न महालेखाले स्थानीय तहलाई निर्देशन दिएको छ।

 

 

 

 

त्यस्तै स्यानिटरी प्याड वितरणका लागि स्वीकृत कार्यक्रम अनुसार कार्यक्रम गरी अपेक्षित नतिजा प्राप्त गर्नुपर्छ।

 

 

 

गत वर्ष १५२ स्थानीय तहले ३५ लाख ५० हजार ८ सय ९८ पाकेट स्यानिटरी प्याड अन्तिम चौमासिक अवधिमा खरिद गरी २२ करोड १७ लाख ७४ हजार खर्च गरेको पाइएकाे छ।

 

 

 

उक्त सामग्री भण्डारमा मौज्दात रहेको देखिएकाले मौज्दात रहने गरी खरिद गर्नेलाई जिम्मेवार बनाउनुपर्ने महालेखाले जनाएको छ।