बालुवाटरमा गभर्नर विरुद्ध सत्ता गठबन्धनका विद्यार्थीको प्रदर्शन

काठमाडौं।सत्तारूढ दल निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिल क्रान्तिकारीले गभर्नरविरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमिति र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी केन्द्रीय समितिले विरोध प्रदर्शन गरेको छ।

 

 

 

दुई पार्टीका विद्यार्थी संगठनहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई राष्ट्र बैंक प्रवेशमा रोक गर्न माग राख्दै संयुक्त रूपमा विरोध प्रदर्शन गरेको हो।

 

 

प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। सो प्रदर्शनकारी घाइते समेत भएका छन्।

 

 

 

 

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो।

 

 

 

अधिकारीको नियुक्ति राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान विपरीत भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका हुन्।

 

 

 

 

प्रदर्शनकारीले ‘अर्थतन्त्र ध्वस्त पार्ने भस्मासुर गभर्रनर राजीनामा दे’, ‘देशको अर्थतन्त बाल नदिइ एमालेको अर्थतन्त्रको चिन्ता लिएर बस्ने रे’‘महाप्रसाद अधिकारी गभर्रनरमा बस्ने कुनै अधिकार छैन्’ लगायतका पम्प्लेट बोकेर प्रदर्शन गरिरहेका छन्।

 

 

यसअघि पनि विभिन्न दलका भातृ संगठनले गभर्नर अधिकारीको विरोधमा प्रदर्शन गरिसकेका छन्।