नेप्से ४.८९ अंकले वृद्धि

काठमाडौं । बुधबार नेप्से ४.८९ अंक (०.२४ प्रतिशत) ले बढेर २०५०.५९ बिन्दुमा पुगेर रोकिएको छ ।

 

 

 

बुधबार ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड १८ लाखको कारोबार भएको छ ।

 

 

 

 

बुधबार बैंकिङ व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर र जीवन बीमा उपसूचक घटेका छन् भने विकास बैंक वित्त कम्पनी लगायतका उपसूचकमा वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक १.९१ प्रतिशतले वृद्धि भएको छ ।

 

 

 

 

बुधबार धेरै मूल्य बढ्नेमा मल्टिपर्पस फाइनान्स लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य ५.६९ प्रतिशतले वृद्धि भएको छ ।

 

 

 

यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको ४.३५ प्रतिशत र शिवम् सिमेन्टको सेयरमूल्य ३.८७ प्रतिशतले वृद्धि भएको छ ।