हुम्लाको ताँजाकोट गाउँपालिकामा निर्माण कम्पनी पक्षद्वारा कामदारमाथि कुटपिट घाइतेको अवस्था गम्भीर

काठमाडौं।हुम्लाको ताँजाकोट गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पतालमा काम गर्ने कामदार खेमराज सार्कीमाथि हातपात हुँदा उनी गम्भीर घाइते भएका छन्।

 

 

 

दिउँसोभरि काम गरेर बेलुुका निर्माण कम्पनी पक्षले उपभोग गर्ने मिति गुज्रेको बिस्कुट दिँदा सुरु भएको सामान्य विवादले ठूलो रुप लिएपछि झडपको अवस्था आउँदा उनी घाइते भएका हुन्।

 

 

 

सार्कीका आफन्त विष्णु बस्यालले सार्कीलाई निर्माण कम्पनीका स्थानीय प्रतिनिधि डम्बर शाहीका भाइ तीर्थराज शाहीले काम गरेको पैसा माग्दा एक्सपायर भएको बिस्कुट दिएको सो बिस्कुट लिन नमानेपछि झपड हुँदा घाइते भएको जानकारी दिए।

 

 

 

उनले शाहीले काठको दण्डीले टाउकोमा हानेर गम्भीर घाइते बनाएको बताए। घाइतेको टाउकोबाट रगतसमेत बगेको छ। घाइते सार्कीको अहिले बेहोस अवस्थामा स्वास्थ्य चौकीको बेडमा उपचार हुँदैछ।

 

 

 

घाइतेको स्थानीय स्तरमा उपचार हुन नसक्ने स्वास्थ्य चौकीले जानकारी दिएको छ।

 

 

सडक यातायात जोडिएको भएपछि बाजुरा कालिकोट खण्डमा सडक अवरुद्ध भएका कारण घाइतेको पैदल मार्गबाट उद्धार गर्न सकिने अवस्था नभएको आफन्तले बताएका छन्।

 

 

 

अहिले साँझ परिसकेको कारण घाइतेको उद्धार गर्न कठिन हुने भएको छ। कुटपिट गर्ने शाहीविरुद्ध प्रहरीले जाहेरी दर्ता भएको जनाएको छ।

 

 

 

निर्माण कम्पनीका प्रतिनिधि डम्बर शाहीले आफू भर्खर बाजुराबाट आइपुगेको र झडप भएको जानकारी पाएको बताए।

 

 

 

डेडएक्सपायर भएको बिस्कुटको कारण झडप अवस्था आएको जानकारी आफूले पाएको उनले बताए।