पाँच पार्टी र एक मोर्चा सम्मिलित कार्यगत एकताको देजमोद्वारा विरोध (वक्तव्यसहित)

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले एक वक्तव्य जारी गर्दै पाँच राजनीतिक पार्टी र एक मोर्चा सम्मिलित कार्यगत एकताको यही श्रावण ४ गते भएको छलफलका दौरानमा भएका केही समझदारीको सार्वजनिकीकरण गरिएको सन्दर्भमा सामाजिक सञ्जालमा भएका टीकाटिप्पणीप्रति ध्यान आकर्षित भएको जनाउनु भएको छ ।

 

 

वक्तव्यमा उहाँले भन्नुभएको छ, छलफलका दौरानमा भएको समझदारीका सन्दर्भमा उक्त वक्तव्यमा उल्लेखित कतिपय विषयमा हाम्रो मत नमिलेको कुरा सार्वजनिक गर्नका लागि यो विज्ञप्ति जारी गरिएको छ ।