देशभर थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि,२८४१जना सक्रिय संक्रमित

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जार ८३८ परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

 

पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् ।

 

 

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ ।

 

 

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ ।

 

 

संक्रमितमध्ये दुई हजार ७०८ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये २२ जना आइसोलेसनमा रहेका छन् ।