बाजुराको श्री जनप्रकाश माविले सेती-कर्णालीको विविध जानकारीमूलक शैक्षिक स्मारिका सार्वजनिक

काठमाडौं । सेती कर्णालीको विविध जानकारीमूलक शैक्षिक स्मारिका २०७८ सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमका बीच सो पुस्तक सार्वजनिक गरिएको हो ।

 

 

 

बाजुराको बुढीनन्दा नगरपालिका २ कोल्टीको श्री जनप्रकाश माविले पहिलोपटक सो स्मारिका सार्वजनिक गरेको हो ।

 

 

 

सो विद्यालयका प्रधानाध्यापक अनोजराज गिरीले कोरोना महामारीका कारण स्मारिका सार्वजनिकमा ढिलाई भएको बताए ।

 

 

 

पुस्तकमा विभिन्न लेखहरु समावेश गरिएकाले सो पुस्तक अध्ययन गर्नेहरुका लागि खुराकका रुपमा रहने उनको भनाइ छ ।

 

 

 

पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।