सरकारले ल्याएको नागरिकता विधेयक त्रुटिपूर्ण: प्रदीप ज्ञवाली

काठमाडौं। नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नभएको टिप्पणी गरेका छन् ।

 

 

 

 शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले बिनाकुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको टिप्पणी गरेका छन् ।

 

 

 

‘राज्य व्यवस्था समितिमा जुटेको सहमतिविपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन,’ ज्ञवालीले भने ।

 

 

 

एमालले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको बताए।

 

 

 

 

  प्रचलित ऐनअनुसार वैवाहिक अङ्गीकृत नागरिकता विवाह गरेर आउने बित्तिकै प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन सकिने भएकाले उचित नभएको उनले बताए ।

 

 

 

 

वैवाहिक अङ्गीकृत नागरिकताको सवालमा केही मापदण्ड राख्ने तर उनीहरूलाई कुनै प्रकारको व्यवसाय, नोकरी गर्न नरोक्ने गरी व्यवस्था गर्न सकिने उनको भनाइ छ ।