गुणस्तरीय इन्टरनेटका लागि ग्राहकको घरमा राखिने राउटरको मापदण्ड तोकियो,यस्ता छन् व्यवस्था

काठमाडौं । गुणस्तरीय इन्टरनेटका लागि राउटरको महत्वपूर्ण भूमिका हुन्छ । राउटर कहाँ राखिन्छ, त्यसको कभरेज र सिंग्नल क्षमता कति छ भन्ने कुराले धेरै अर्थ राख्छ ।

 

 

यसैबीच नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहकलाई सेवा प्रदायकले उपलब्ध गराउने राउटरलगायतका उपकरणमा हुनुपर्ने मापदण्ड तोकेको छ ।

 

 

यसको अर्थ अब सेवा प्रदायकले ग्राहकको घरमा तोकिएको मापदण्ड पूरा गरेका डिभाइसमात्रै राख्न पाउनेछन् ।

 

 

यसअघिसम्म ग्राहकको घरमा राखिने इन्टरनेट डिभाइसको विषयमा कुनै पनि मापदण्ड तोकिएको थिएन । त्यो हुँदा ग्राहकको इन्टरनेट अनुभवमा फरक पारेको भन्दै प्राधिकरणले राउटर लगायतका उपकरणमा मापदण्ड तय गरेको हो ।

 

 

 

यसका लागि हालै बसेको प्राधिकरण बोर्डको बैठकले ग्राहकको घरमा प्रयोग हुने उपकरणको मापदण्ड तथा त्यसले सेवाको गुणस्तरमा परेको प्रभाव तथा सुरक्षा चुनौतीका बारेमा अध्ययन गरेर नयाँ व्यवस्था तोकेको छ ।

 

 

 

बोर्डले ‘मिनिमम रिक्वायरमेन्ट अफ सीपीई डिभाइस’ नामक मापदण्ड पारित गर्दै सेवा प्रदायकले राउटर लगायतका डिभाइस राख्दा अपनाउनुपर्ने प्रावधानको व्यवस्था गरेको छ, जसअनुसार ग्राहकको घरमा राखिएको राउटरको डब्लूल्यान ८०२.११ बी/जी/एन/एसी हुनुपर्ने व्यवस्था गरिएको छ ।

 

 

 

त्यस्तै राउटरमा एउटा १ गिगाबाइटको इथरनेट पोर्ट र एउटा फाइबर एसएफपी पोर्ट अनिवार्य हुनुपर्ने जनाइएको छ । आईएसएम ब्याण्ड अन्तर्गत २.४ र ५ गिगाहर्ज फ्रिक्वेन्सी सपोर्ट गर्ने राउटर हुनुपर्ने छ ।

 

 

 

त्यस्तै रेडियसन पावर अन्तर्गत ट्रान्समिसन पावर १ वाट र ईआरआईपी ४ वाटभन्दा बढी हुन नहुने जनाइएको छ । साथै ग्राहकको घरमा राखिने राउटरमा कम्तिमा पनि दुई ओटा एन्टेना हुनुपर्ने छ ।

 

 

 

प्राधिकरणका अनुसार अब उप्रान्त ग्राहकको घरमा जोडिने राउटरको औसत कभरेज १०० मिटर हुनुपर्ने छ । भने, सुरक्षाका लागि त्यसमा डब्लूपीए, डब्लुपीए२र३रओडब्लुई हुनुपर्ने प्रावधान रहेको छ । त्यस्तै आईपीभीसिक्स ९क्ष्एखट० सपोर्ट गर्ने राउटर हुनुपर्नेछ ।