प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे सघीय सांसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

 

 

आजको बैठकमा मुख्यगरी ३ विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

 

 

बैठकमा शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९ पेस पहिलो कार्यसूचीमा रहेको छ ।

 

 

 

त्यस्तै कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ ।

 

 

 

२९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ ।

 

 

 

 

त्यस्तैगरी शिक्षामन्त्र देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव गर्ने कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ ।