एकैदिन कोरोना संक्रमणबाट ६० जनाको मृत्यु

सांकेतिक तस्वीर

एजेन्सी। भारतमा कोरोना भाइरस संक्रमण दिनहुँ बढिरहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण २१ हजार ८८० संक्रमित भएका छन्।

 

 

 

योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ।

 

 

 

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ६० जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म कोरोनाबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ।

 

 

 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोरोनाका सक्रीय संक्रमित छन्। कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रीय संक्रमित छन्। मन्त्रालयका अनुसार कोरोना निको दर ९८ दशमलब ४६ प्रतिशत छ।