एकैदिन थप ८९५ जनामा कोरोना संक्रमण,थप १ जनाको मृत्यु

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

 

पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

 

 

 

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ९३४ रहेको छ । संक्रमितमध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन् ।

 

 

 

 

मन्त्रालयका अनुसार ४ हजार ७९२ जना होम आइसोलेसनमा रहेका छन् भने १४२ जना संस्थागत आइसोलेसन र ३६ जना आईसीयूमा छन् ।

 

 

 

 

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार १२४ पुगेको छ ।