जनैपूर्णिमा,रक्षाबन्धन र गाईजात्रा साउन २७ मै मनाउन पञ्चाङ निर्णयक समितिको आग्रह

काठमाडौं । साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउन उपयुक्त हुने नेपाल पञ्चाङ निर्णयक समितिले बताएको छ ।

 

 

 

शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको भन्दै समितिले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

 

 

 

त्यस्ता टिकाटिप्पणीबाट कुनै पनि भ्रममा नपर्न र कुनै सन्देह नराखी आफ्ना कृत्यहरु गर्न गराउन समितिले सबैलाई आग्रह गरेको छ ।

 

 

 

बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले त्यसको भोलिपल्ट शुक्रबार जनैपूर्णिमा तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ ।

 

 

 

यसअघि २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४, १९९४ सालमा पनि यसपालिको जस्तै तिथिको अवस्था परेको समितिले स्मरण गराएको छ ।