नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धतामा चीन खुशी

काठमाडौं। एक चीन नीतिमा नेपालको प्रतिबद्धताप्रति चीनले खुशी व्यक्त गरेको छ।

 

 

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको द्वीपक्षीय वार्ताका क्रममा चीनले नेपालको एक चीन नीतिप्रतिको धारणालाई लिएर प्रशंसा गरेको हो।

 

 

 

परराष्ट्रमन्त्री खड्काको नेतृत्वमा चीन भ्रमणमा रहेको नेपाली टोली र विदेशमन्त्री वाङ नेतृत्वको चिनियाँ टोलीबीच चीनको सान्तोक प्रान्तको छिङ्ताओमा द्वीपक्षीय भेटवार्ता भएको परराष्ट्रमन्त्रालयले जानकारी गराएको छ।

 

 

 

 

परराष्ट्रमन्त्री खड्का नेतृत्वको टोली मंगलबार राति चीन प्रस्थान गरेको थियो।अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले कुटनीतिक सक्रियता बढाएको छ।

 

 

त्यसक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विज्ञप्ति जारी गर्दै ताइवान प्रकरणमा एक चीन नीतिप्रति नेपालको प्रतिवद्धता खोजेकी थिइन्।