आज मिति २०७९ साल साउन २६ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

 

 

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

 

 

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

 

 

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

 

 

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्नेछ, तर सौन्दर्यतामा धन खर्च हुनसक्छ ।

 

 

 

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

 

 

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

 

 

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज धार्मिक कार्यमा रुचि बढ्नेछ । शेयर बजारको लगानी र कारोबारमा सफलता मिल्नेछ, तर यात्रामा मालसामान हराउन चैं सक्छ ।

 

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता पनि मिल्नेछ ।

 

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज काम बिगार्ने तथा तपाईंको नकारात्मक सोच्नेहरू सक्रिय हुनेछन् । आम्दानी हुने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला ।

 

 

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

 

 

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुनसक्नेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल