बाजुरा जिल्लामा विशेषज्ञ चिकित्सक नहुँदा समस्या,पैसा नभएर उपचार गर्नै सकस

काठमाडौं। बाजुरा जिल्लामा विशेषज्ञ चिकित्सक नहुँदा सर्बसाधारण जनतालाइ समस्या भएको छ। बाजुराको बडिमालिका नगरपालिका १ बस्ने २० वर्षीया सुजाता रोकायालाई जिल्ला अस्पताल बाजुराले रिफर गर्‍यो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लैजान नै धेरै सकस भयो ।

 

 

 

अस्पतालमा एमडीजीपी तथा विशेषज्ञ डाक्टर भएको भए उनलाई सामान्य शल्यक्रियाका लागि पनि रिफर गर्नु पर्ने थिएन । तर एमडीजीपी चिकित्सक नहुँदा जिल्ला बाहिर पठाउनु परेको अस्पतालका एक चिकित्सकले वताए।

 

 

 

सुजाता मात्र होइन, एमडीजीपी नभएकै कारण अरु बिरामीले पनि सामान्य शल्यक्रिया वा विशेषज्ञ सेवाका लागि जिल्ला बाहिर जानु पर्ने स्थिति छ ।

 

 

 

एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायत अप्रेशन सेवा जिल्ला अस्पतालबाटै प्रदान हुने गरेको थियो । तीन वर्षदेखि यी कुनै पनि रोगको बाजुरामा उपचार नभएको अस्पतालले जनाएको छ ।

 

 

 

जिल्ला अस्पताल बाजुरा प्रदेश सरकार मातहत भए पनि प्रदेश सरकारले पनि त्यसमा कुनै पहल नगरेको गुनासो अस्पताल व्यवस्थापन समितिको छ । मन्त्रालयले त्यसबारे चासो देखाएको छैन ।