साउन महिनामा मात्र २ सय ११ विद्युतीय सवारी भित्रिए

सांकेतिक तस्वीर

काठमाडौं। साउन महिनामा २ सय ११ वटा मात्रै विद्युतीय सवारी भित्रिएका छन्।

 

 

भन्सार विभागको तथ्यांकअनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरु नेपाल भित्रिएका हुन्।

 

 

साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चीनबाट भित्रिएका छन्।

 

 

 

गत आर्थिक वर्षमा १८ सयभन्दा बढी विद्युतीय सवारी आयात भएका थिए। सरकारले विद्युतीय सवारीको करमा छुट गरेपछि विद्युतीय सवारी खरिद गर्ने नेपालीको संख्या क्रमशः बढ्दै गएको छ।